माधवकुमार नेपालको पार्टी एकताको सर्त स्विकार्न सकिदैन : महासचिव पोखरेल

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता जोगाउन राखेको तीन सर्त स्विकार योग्य नभएको महासचिव ईश्वर पोखरेलले बताउनुभएको छ ।

थापाथलीस्थित पार्टी कार्यालयमा आयोजित खिर खाने कार्यक्रममा पत्रकारहरुसँग पोखरेलले पार्टीको विधानभन्दा फरक सर्त वा प्रस्ताव स्विकार्य नहुने प्रष्ट पार्नु भएको हो । कार्यदलले गरेको १० बुंदे सहमति अनुसार पार्टी अघि बढाउनु पर्ने आफूहरुको धारण रहेको उहाँले बताउनुभयो ।

Back to top button