मार्बुका दर्जनौं युवाहरु नेकपा एमाले छोडी नेपाली काङ्ग्रेस प्रवेश

दोलखा। जिल्लाको बैत्यश्वर – ७ मार्बुका दर्जनौ युबाहरु नेकपा एमाले छोडी नेपाली काङ्ग्रेस प्रवेश गरेका हुन।बैत्यश्वर काठमाडौ सम्पर्क मन्चले काठमाडौमा आयोजना गरेको कार्यक्रमबाट दर्जनौं युबा काङ्ग्रेस प्रबेश गरेका हुन।                               काङ्ग्रेस प्रबेश गर्नेहरुलाई नेपाली काङ्ग्रेस दोलखाका सभापति रुद्र बहादुर खड्काले खादा लगाएर स्वागत गरेका थिए।

पछिल्लो राजनीतिक घटनाक्रमले पार्टीप्रती असन्तुष्ट रहेकाले अब काङ्ग्रेस प्रबेश गरेर सक्रिय राजनीति गर्ने एक युबाले बताए।

काङ्ग्रेस प्रवेश गर्ने हरुमा राजकुमार श्रेष्ठ,रबिनराज श्रेष्ठ , सुशील श्रेष्ठ, राजन श्रेष्ठ , शुभराज श्रेष्ठ(क), रामचन्द्र श्रेष्ठ, धिरज श्रेष्ठ, राजु श्रेष्ठ अनिल श्रेष्ठ, प्रेमराज श्रेष्ठ,शुभराज श्रेष्ठ (ख),राशिश श्रेष्ठ ,प्रेमकुमार श्रेष्ठ सुदिप श्रेष्ठ ,निराजन श्रेष्ठ , प्रज्वल मैनाली , सरोज श्रेष्ठ लगायतका दर्जनौं युबाहरु रहेका छन।

 

Back to top button