१९१६ संक्रमणमुक्त हुँदा ३१०६ जना थपिए कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार १ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ६३ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २ सय ८० र ४ हजार २ सय ५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय २६ जना गरी ३ हजार १ सय ६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १ हजार ९ सय १६ जना संक्रमणमुक्त भएका छन् ।

Back to top button