सरकारमा सहभागि हुन माधव नेपाल समूहलाई भोलीसम्मको समय

काठमाडौं । गठबन्धनको सरकारमा एमालेका नेता माधवकुमार नेपाल समूहलाई पनि समावेश गर्ने प्रयत्नरत प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी कोन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोली सम्म कुर्ने सहमति गर्नुभएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताबिचको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो । छलफल मन्त्रालय बाँडफाँड र नेता नेपालको सहभागिताको विषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले बताएको छ ।

स्रोतका अनुसार दुई नेताबीच एमाले नेता नेपाललाई सरकारमा सहभागी हुने निर्णय गर्न भोलिसम्मको समय दिने समझदारी भएको हो । नेपाल पक्ष सरकारमा सहभागि हुँदा ६ देखि ७ वटासम्म मन्त्रालय दिने उहाँहरुको तयारी छ ।

Back to top button