मेलम्चीमा पुनः बाढी, प्रहरी चौकी विस्थापित

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्चीमा गएराति पुनः बाढी आउँदा प्रहरी चौकी विस्थापित भएको छ । गेग्रानसहितको बाढीले केही घरमा क्षति पुग्नुका साथै तालामाराङ प्रहरी चौकीमा बाढीको पाानी पसेपछि नजिकैको भवनमा सारिएको जिल्ला प्रहरी सिन्धुपाल्चौकले जनाएको छ ।

बाढीले रेडियो मेलम्चीको भवनसमेत बगाएको छ । गत असारमा आएको भन्दा पनि बढी गएराती बाढी आएको स्थानीयको भनाई छ । हेलम्बु गाउँपालिका १ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर नदी थुनिएपछि बाढी आएको हुन सक्ने प्रहरीको भनाई छ ।

Back to top button