राष्ट्रपतिद्वारा शर्मालाई कामु प्रधानसेनापति नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गरी शर्मालाई प्रधानसेनापति नियुक्त गरेको जनाएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल भदौ २४ गते समाप्त हुनु अघि एक महिने घर विदा बस्ने परम्परा रहेकोले वरिष्ठताका आधारमा शर्मालाई प्रधानसेपति नियुक्त गरेको विज्ञप्तीमा भनिएको छ । शर्मा अब तीन वर्ष नेपाली सेनाको नेतृत्व सम्हाल्नु हुनेछ ।

Back to top button