प्रदेश १ सभाको बैठक साउन २१ गते आह्वान

विराटनगर । अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेश १ सभाको बैठक आउँदो साउन २१ गते आह्वान गरिएको छ । सभामुख प्रदिपकुमार भण्डारीले साउन २१ गते बिहीबार दिउँसो १ बजेट बैठक आह्वान गर्नुभएको हो ।

यसअघि बजेट पारित भएपछि असार २५ गते सभाुमख भण्डारीले अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगित गर्नुभएको थियो । मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा चालु अधिवेशनबाटै प्रदेशको नामकरण गर्ने घोषणा गर्नुभएको छ । मुख्यमन्त्री राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग प्रदेशको नामकरणका लागि छलफलसमेत गर्नुभएकोले अबको बैठकमा प्रदेशको नामकरणको प्रक्रिया अघि बढाउने देखिन्छ ।

Back to top button