जयसिंहको खोजी जारी छ, छानबिन गर्न गठित टोली दार्चुला पुगेको छ : गृहमन्त्री खाँड

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका जयसिंह धामीको खोजतलास जारी रहेको बताउनुभएको छ । नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले खोजतलास गरिरहेपनि फेला पार्न नसकेको उहाँले जानकारी दिनुभुयो ।

संसद बैठकमा विशेष समय लिएर बोल्नुभएका गृहमन्त्री खाँणले घटनाको अनुसन्धानको बिषयमा जानकारी गराएपनि भारतीय सशस्त्र प्रहरीले तुइन काटेको विषय उल्लेख गर्नुभएन ।

उहाँले महाकाली नदीमा तुइन तर्दा जयसिंह धामी बेपत्ता भएको विषयमा मन्त्रालयले गठन गरेको छानबिन टोली दार्चुला पुगेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ छानबिन टोलि दार्चुला पुुगेको छ, टोलीले १० दिनभित्र प्रतिवेदन बुझाउँछ ।’

घटना लगतै सशस्त्र प्रहरी नायव निरीक्षक बृर्जसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द, राष्ट्रिय अनुसन्धान दार्चुलाका विक्रमसिंह भाट सहित ३ जनाको टोली स्थलगत छानबिनका लागि घटनास्थल खटिएको र जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई घटनाबारे ध्यानाकर्षण गराउँदै पत्राचार गरेको गृहमन्त्री खाँणले सदनलाई जानकारी गराउनुभयो ।

उहाँले जयसिंह धामी भन्दा अगाडि तुईन तरेर पारी पुगेका र तर्न बाँकी रहेकाहरुसँग जानकारी लिने काम भइरहेको बताउनुभयो ।

Back to top button