खोप खरिदका लागि १९ अर्ब ५८ करोड ऋण स्विकृत

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि एसियाली विकास बैंकसँग १६५ मिलियन डलर अर्थात् १९ अर्ब ५८ करोड रुपैयाँ सहुलियत ऋण सहायता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

सरकारले अमेरिकामा उत्पादित कोरोनाविरुद्धको ३० लाख डोज फाइजर खोप खरिद गर्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालकाा अनुसार हालसम्ममा नेपालमा कोभिशिल्ड, भेरोसेल र जोनसन एण्ड जोनसनको गरी कूल ९७ लाख ८२ हजार डोज खोप आइसकेको छ । आउँदो माघसम्ममा पाँच करोड २२ लाख ८२ हजार डोज खोप प्राप्त हुने मन्त्रालयको अनुमान छ ।

Back to top button