अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चार जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा तालिवानी बिद्रोहीहरुले गरेको आक्रमणमा चार जना बिद्रोहीको मृत्यु भएको छ । तालिवानी बिद्रोहीहरुले बम र गोलीले आक्रमण गर्दा रक्षामन्त्री बिस्मिल्लाह भने घरमा नभएकाले ज्यान जोगिएको र आक्रमण सुरु भएपछि सुरक्षाकर्मीहरुले उनका परिवारका सदस्यहरुलाई सुरक्षित तरिकाले घर बाहिर निकालेको हो ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकी सेना फिर्ता बोलाएदेखि अफगानिस्तानका बिभिन्न सहर तालिवानी बिद्रोहीहरुले कब्जा गर्दै आएका छन् । तालिवानीहरुले काबुलमा गरेको आक्रमणले ठूलो बिष्फोट भएको आवाज सुनिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।

Back to top button