खुल्यो सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट ६० लाख कित्ता आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी गरेको ६० करोड मूल्यको ६० लाख कित्तामध्ये ३ लाख कित्ता कर्मचारीलाई र ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । सर्वसाधारणका लागि बाँकी रहेको ५४ लाख कित्ता सेयर बिक्री आजबाट सुरु गरेको हो ।

अहिले १ अर्ब ४० करोड चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ बिक्री पछि २ अर्ब पुग्नेछ । न्यूनतम १० कित्ता र अधिकतम ३० हजार कित्तासम्म आईपीओ खरिदका लागि सर्वसाधारणले साउन २४ गतेभित्र आवेदन दिन सक्नेछ । उक्त अवधीमा प्रयाप्त आवेदन नपरे भदौ २ गतेसम्म कम्पनीले म्याद थप गर्न सक्ने व्यवस्था गरिएको छ ।

Back to top button