सशस्त्र प्रहरी जवान मृत फेला

धनगढी । कैलालीमा सशस्त्र प्रहरी बलमा कार्यरत एक प्रहरी जवान कार्यालय परिसरमै मृत फेला परेका छन । डडेल्धुरा भागेश्वर गाउँपालिका–१ घर भई सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीमा कार्यरत सशस्त्र प्रहरी जवान ३१ वर्षीय हरिशकुमार शाही मृत फेला परेका हुन् ।

कार्यालय परिसरभित्र रहेको पानी जमेको खाडलमा घोप्टो परेको अबस्थामा शाहीको शब फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले मृतक शाहीको शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जानकारी दिनुभयो ।

Back to top button