प्रदेश १ मा ९२२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९२२ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५६६ जनाको पीसीआर परीक्षणगर्दा ४८५ र १ हजार ६७३ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २१५, मोरङमा १३५, सुनसरीमा ९९, धनकुटामा १९, उदयपुरमा ६, पाँचथर र संखुवासभामा २–२, इलाम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा १५२, विर्तामोडमा २२, भद्रपुरमा १९, मेचीनगरमा ११, कनकाईमा ४, अर्जुनधारामा ३, कमल गाउँपालिका, बुद्धशान्ति, गौरादह र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ४१, बेलबारीमा ३५, केराबारीमा २४, सुन्दरहरैचामा २१, बुढीगंगा र लेटाङमा ३–३, कटहरी, उर्लाबारी र स्थानीय तह नखुलेका २–२, कानेपोखरी र रतुवामाईमा १–१ जनामा संक्रमण पुष्टि भएको हो ।

सुनसरीको धरानमा ४८, इटहरीमा ३८, बराहक्षेत्रमा ५, रामधुनीमा २, भोक्राहानरसिंहमा १, इनरुवामा १ र स्थानीय तह नखुलेका ४, धनकुटाको धनकुटा नगरपालिकामा १४, पाख्रिवासमा ३, महालक्ष्मीमा २, उदयपुरको त्रियुगामा ६, पाँचथरको फिदिम र फालेलुङमा १–१, संखुवासभाको खाँदबारीमा २, इलामको सुर्योदय र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६६ महिला र १९९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Back to top button