बँदेलबाट मकै जोगाउन राखेको विद्युतीय धरापमा दाजुभाइको मृत्यु

काठमाडौं । बैतडीको सुर्नया गाउँपालिका ५ मा जंगली बँदेलबाट बाली जोगाउन राखिएको विद्युतीय धरापमा दाजुभाइको मृत्यु भएको छ । स्थानीय २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको मृत्यु भएको हो ।

बँदेल धपाउन विद्युतीय धराप राखेको तर त्यही समयमा बदेल मकैबारीमा पसेपछि धपाउन जाँदा दाजुभाइको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Back to top button