काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिने भनिएको कोरोना भाइरस विरुद्धको खोप आगामी शनिबार र आइतबार काठमाडौं आइपुग्ने भएको छ ।
जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेकाको १६ लाख डोज मध्ये आठ लाख डोज खोप आउन लागेको हो ।
काठमाडौंस्थित जापानी राजदूतावासले विज्ञप्ति जारी गर्दै आठ लाख डोज शनिबार र आइतबार आउने जानकारी दिएको छ ।
जारी विज्ञप्तीमा जापानबाट बिहीबार र शुक्रबार गरी दुइटा विमान काठमाडौंका लागि उड्ने र ति विमान शनिबार र आइतबार काठमाडौं आइपुग्ने उल्लेख गरीएको छ ।
बाँकी आठ लाख खोप पछि आउने समेत दूतावासले जाी गरेको विज्ञप्तीमा उल्लेख गरीएको छ ।