कांग्रेसको चौधौं महाधिवेशन निर्धारित मितिमा नहुने देखेपछि संस्थापनइत्तर पक्ष गम्भीर छलफलमा

काठमाडौं । क्रियाशील सदस्यता विवादले कांग्रेसको १४ औं महाधिवेशन तोकिएको समयमा नहुने भएपछि संस्थापनइत्तर पक्षका नेताहरु गम्भीर छलफलमा जुटेका छन् । कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा संस्थापइत्तर पक्षका नेताहरु छलफलमा जुट्नुभएको हो ।

छलफलमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता बलबहादुर केसी, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाललगायतका नेताहरु सहभागी रहेको एक नेताले बताउनुभयो ।

भदौ महिनाभित्र महाधिवेशन नभए पार्टीको औचित्य समाप्त हुने भएकाले नेताहरु गम्भीर छलफलमा जुट्नुभएको एक नेताले बताउनुभयो । वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा समक्ष समयमा १४ औं महाधिवेशन गर्न नसकिए विशेष अधिवेशन बोलाउन प्रस्ताव गर्नुभएको छ । तर सभापति देउवाले तोकिएको समयमा महाधिवेशन हुने दावी गर्नुभएको छ ।

Back to top button