क्युआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र दिन शुरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि क्युआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु गरेको छ ।

मन्त्रालयले विद्युतीय खोप प्रमाणपत्र अनलाइन मार्फत र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आवश्यक कागजात पेश गरी प्राप्त गर्न सकिने जानकारी दिएको छ ।

मन्त्रालयले  https://vaccine.mohp.gov.np/public-request-form मा गई कोभिड १९ पूर्ण खोपको विधुतीय प्रमाणीकरणका लागि आवेदन फारम भर्न आग्रह गरेको छ । अनलाइनमा रजिस्ट्रेसन गरी माग गरिएका विवरण तथा कागजातहरु अपलोड गरी प्रमाणपत्र लिन सकिने छ ।

यसैगरी राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा उपस्थित भएर कागजात पेश गरी समेत पुर्ण खोप प्रमाणपत्र लिन आग्रह गरेको छ ।

मन्त्रालयले खोप प्रमाणपत्र लिनका लागि सक्कल राहदानी, सक्कल खोप कार्ड, हालै खिचिएको एक प्रति पासपोर्ट साइजको फोटो, राहदानीको फोटोकपि, खोप कार्डको फोटोकपि जस्ता कागजातहरु पेश गर्नुपर्ने जनाएको छ ।

यसैगरी, ३ दिनभित्र विदेश जानेहरुले भिसा र टिकटको फोटोकपि पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

कोभिड १९ पूर्ण खोपको   प्रमाणपत्र प्रत्येक व्यक्तिले कोभिड १९ विरुद्ध खोप लिएको सुनिस्चितता गर्न,सम्बन्धित निकायलाई आवश्यक कागजात संकलन गर्न र पूर्ण खोप पाएको सुनिस्चितता सहित बैदेशिक यात्रामा जानेहरुको लागि सहजिकरण गर्नका लागि लिन आबश्यक भएको मन्त्रालयले जनाएको छ ।

Back to top button