महाधिवेशनमा भइरहेको ढिलाईले कांग्रेसमा विवाद बढ्दै

काठमाडौं । क्रियाशील सदस्यता विवादले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भइरहेको ढिलाइले पार्टीभित्र उथलपुथल देखिन थालेको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले समयमा पार्टीको महाधिवेशन नगराए जिल्ला जिल्लामा आन्दोलन गर्ने युवा नेताहरुले चेतावनी दिएका छन् ।

पार्टी महाधिवेशन निश्चित गर्न युवा नेताहरुले पार्टी सभापति देउवालाई आज ध्यानाकर्षण पत्र बुझाएका छन् । पार्टी र लोकतन्त्रलाई जीवन्तता दिने र वैधता कायम राख्न आफूहरुको माग पूरा नभएको अवस्थामा पार्टीको केन्द्रीय कार्यालय र ७७ वटै जिल्ला कार्यालयहरुमा धर्ना,अनसन र आमरण अनसन लगायतका थप कार्यक्रमहरु गर्न बाध्य हुने पत्रमा उल्लेख छ ।

Back to top button