लुम्बिनी प्रदेशमा विशेष अधिवेशन आह्वान, सत्तारुढ दलको आपत्ति

बुटबल । विपगी गठबन्धनको दवावमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेपछि सत्तारुढ दल एमालेले आपत्ति जनाएको छ ।

सत्तारुढ दलले पत्रकार सम्मेलन गरी प्रदेश प्रमुख शेरचनले विशेष अधिवेशन आह्वान गरेको प्रति आपत्ति जनाएको हो । एकल बहुमतको सरकारविरुद्ध दुई वर्षभित्र अविश्वास प्रस्ताव दत्र्ता गर्न नमिल्ने सत्तारुढ दलको तर्क छ । प्रदेश प्रमुख शेरचनले संवैधानिक व्यवस्था विपरित अविश्वास प्रस्ताव दत्र्ता गरेर विशेष अधिवेशन आह्वान गरेको सत्तारुढ दलको भनाई छ ।

Back to top button