कोरोना नियन्त्रणमा राष्ट्रपतिको चासो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारको बारेमा चासो व्यक्त गर्नुभएको छ । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्ताका क्रममा कोरोना महामारी नियन्त्रणको बारेमा चासो व्यक्त गर्दै जानकारी लिनुभएको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको नियमित भेटवार्तामा कोरोना महामारीलगायत सर्वसाधारणको स्वास्थ्यमा भइरहेको कामकाजको बारेमा चासो खाख्दै जानकारी लिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पछिल्लो समय मुलुकभरि कोरोना संक्रमितको संख्या बढ्नुका साथै संक्रमितको मृत्यु हुने क्रम बढेकोले राष्ट्रपति भण्डारीले चासो राख्नु भएको हो ।

Back to top button