नेपाल टेलिभिजनबाट विष्टको राजिनामा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले राजीनामा दिनुभएको छ ।

तत्कालीन प्रधामन्त्री केपी शर्मा ओलीको पालामा चार वर्षका लागि नियुक्त भएका विष्टले वर्तमान प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहनु भएको देउवासमक्ष राजीनामा दिनुभएको हो ।

Back to top button