कांग्रेसको महाधिबेशनमा निर्वाचित प्रतिनिधिमा ५० प्रतिशत महिला सुनिश्चित गर्न माग

काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिबेशनमा निर्वाचित हुने प्रतिनिधिमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न भातृसंगठनहरुले माग गरेका छन ।

नेपाली कांग्रेसका विभिन्न ३१ वटा भातृ तथा काग्रेस निकट अन्य संस्थाहरुले ज्ञापनपत्र बुझाउदै १४औं महाधिवेशनमा सबै क्लस्टरबाट निर्वाचित हुने प्रतिनिधिमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग गरेका हुन ।

हाल वितरण गरिएका क्रियाशील सदस्यताको स्वरुप हेर्दा समावेशीताका दृष्टिले न्यायोचित नभएको भन्दै यसलाई लागु नगर्न उनिहरुले सुझाव  दिएका छन ।

सभापति शेरवहादुर देउवालाई ८ बुँदे ज्ञापनपत्र बुझाउदै अघिल्ला महाधिवेशन जस्तै समाबेशी बनाउन ध्यानाकर्षण गराइएको केन्द्रीय सदस्य सीता गुरुङले बताउनुभयो ।

विधान र संविधानले तोकेको समयभित्र महाधिवेशन गर्न नेतृत्वलाई आग्रह गर्दै उनीहरुले यसअघि दुईवटा महाधिवेशनमा कार्यन्वयनमा आइसकेको समानुपातिक समावेशीको व्यवस्थालाई प्राविधिक कारण देखाएर यस पटक समाबेशी सहभागिताबाट बञ्चित गराउन नहुने बताएका छन ।

Back to top button