डा. केसी फेरि अनशन बस्ने,स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्नुपर्ने मुख्य माग

काठमाडौं। प्रा. डा. गोविन्द केसीले फेरि आगामी भदौ ३ गतेबाट अनशन शुरु गर्ने घोषणा गर्नुभएको छ । एक विज्ञप्ती प्रकाशित गरि उहाले चिकित्सा क्षेत्रको सुधारका लागि सत्याग्रह सुरु गर्ने घोषणा गर्नुभएको हो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने, धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आन्दोलन पछि गरिएको सहमति अक्षरस पालना गर्नुपर्ने लगायतका ५ बुद्धेँ माग सहित केसी अनशनमा बस्न लाग्नुभएको हो ।

जारी विज्ञप्तिमा स्वास्थ्य र मेडिकल शिक्षामा सुधारका लागि गत एक दशकदेखि निरन्तर संघर्षमा रहेपनि बारम्बार सरकारले सम्झौता गरे पनि तिनको कार्यान्वयन हुन नसकेको उल्लेख गरिएको छ ।
अहिले पनि राज्यको नीति निर्माण तहमा सीमित व्यवसायी र माफियाहरुको स्वार्थका लागि काम गर्ने र सार्वजनिक संस्थाहरुलाई धराशायी बनाउने व्यक्तिहरु हावी रहेका कारण कोभिड महामारीका बेला धेरै नेपालीहरुले आवश्ष्यक स्वास्थ्य सेवा नपाएर अनाहकमा ज्यान गुमाउनु परेको उल्लेख गरिएको छ ।

पछिल्लो समय सार्वजनिक स्वास्थ्य र शिक्षण संस्थाहरु कसरी धराशायी बनाइएको छ भन्ने उदाहरण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्र्रतिष्ठान बन्न पुगेको छ । निजी मेडिकल कलेजका सञ्चालकलाई प्रतिष्ठानको उपकुलपछि बनाएर पठाउँदा प्रतिष्ठान डुवेको र निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएर सरकारले देशको स्वास्थ्य क्षेत्रलाई नै उल्टो र गलत बाटोमा डोर्याउने  प्रयास गरेको समेत विज्ञप्तीमा उल्लेख गरीएको छ ।

 

Back to top button