सत्ता गठबन्धन कार्यदलले बुझायो प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । सरकारले सरकारका प्राथमिकताहरू निर्धारण गर्दै आफ्नो साझा नीति तथा कार्यक्रम तयार पारेको छ।

सरकारमा आवद्ध कांग्रेस, माओवादी र जसपाका ७ जना नेताहरु रहेको कार्यदलले ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’ मा सरकारका प्राथमिकताहरू निर्धारण गरेको हो।

कार्यदलले तयार पारेको प्रतिवेदन आज बालुवाटारमा शीर्ष नेतालाई बुझाएको छ । गठबन्धनमा आबद्ध पार्टीका नेता, अर्थविद्, कानुनविदलगायतको सुझाव समेटेर तयार पारिएको प्रतिवेदनमा सरकारका योजना, काम र प्राथमिकताका विषय समेटिएको कार्यदलका संयोजक पूर्णबहादुर खड्काले बताउनुभयो ।

कांग्रेस नेता पूर्णबहादुर खड्काको संयोजक रहेको कार्यदलमा डाक्टर मिनेन्द्र रिजाल, रमेश लेखक, देव गुरुङ, वर्षमान पुन, राजेन्द्र श्रेष्ठ र महेन्द्र यादव सदस्य रहनुभएको थियो ।

यस्तो छ, प्रतिवेदनको पुर्णपाठ

 

Back to top button