माधव नेपाल पक्षले तत्काल नयाँ पार्टी पनि नखोल्ने, सरकारमा पनि नजाने

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले तत्काल नयाँ पार्टी नखोल्ने र सरकारमा पनि सहभागिता नजनाउने भएको छ ।

वैठकमा सहभागी एक नेताका अनुशार तत्काल पार्टी विभाजन गर्न नहुनेको मत बढी आएको छ । बोल्ने धेरै नेताहरुले पार्टी एकताकै पक्षमा जोड दिनुभएको छ । यस्तै तत्काल सरकारमा पनि सहभागिता जनाउन हुदैन भन्नेहरुको मत बढी देखिएको उहाँले बताउनुभयो ।

यस्तै बैठकमा पार्टी एकताको विषय जटिल अवस्थामा पुगेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्ना गल्तीप्रति क्षमायाचना गरेमात्र सोच्न सकिने निष्कर्ष आएको केन्द्रीय सदस्य मेटमणी चौधरीले बताउनुभएको छ ।

उहाँले अध्यक्ष ओली नसुध्रिए अर्को पार्टी बनाएर जानुपर्ने कुरामा धेरैले जोड दिएको बताउनुभयो । ओलीलाई एक साताभित्र सार्वजनिकरूपमा माफी मागेर पार्टी एकताको लागि वातावरण बनाउन डेडलाइन दिइने चौधरीले जानकारी दिनुभयो ।

यस्तै पार्टीका सवैतहसम्म समानान्तर गतिविधिहरू चलाउने र सरकारमा पनि जाने उहाँले बताउनुभयो ।

Back to top button