सरिता गिरीलाई सांसदबाट हटाएकोमा कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरिता गिरीलाई जनता समाजवादी पार्टीले प्रतिनिधिसभा सदस्य पदबाट मुक्त गरेकोमा कारण देखाउ आदेश गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा रहेको न्यायाधिसहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले ७ दिन बाटोको म्यादबाहेक १५ दिनभित्र कारण देखाउन विपक्षीहरूका नाममा आदेश जारी गरेको हो ।

नेपालको नयाँ नक्साको विषयमा संसदमा विवादास्पद अभिव्यक्ति दिएपछि गिरीलाई जसपाले प्रतिनिधिसभा सदस्य पदबाट बर्खास्त गरेको एक वर्षपछि सर्वोच्चले कारण देखाउ आदेश दिएको छ ।

Back to top button