ब्राउन सुगर सहित एक जना पक्राउ

विर्तामोड । प्रतिबन्धीत लागु औषध ब्राउन सुगर सहित एक भारतिय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको भद्रपुर नगरपालिका ३ किचकबध बाट भारत घर भई हाल ठाकुरगंज बस्ने २८ बर्षीय श्रवण रायलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापा र सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले रायलाई लागूऔषध ब्राउन सुगर २१ ग्राम २६० मिलिग्राम सहित पक्राउ गरेको हो ।

प्रक्राउ परेका रायमाथि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Back to top button