मोटरसाईकल अनियन्त्रित हुंदा एक जनाको मृत्यु

इटहरी । सुनसरी भोक्राहा नरसिंह गाऊपालिका ४ चिरौली चोकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

शनिवार राति को८प ४११५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार नरसिंह गाउपालिका ४ का ३५ बर्षीय हेमन्त उराँउको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाईते उराँउको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाईकल र चालक ईनरुवा —९ बबिया का ४० बर्षीय बाबुराम उराँवलाई प्रहरीले नियन्त्रणमा नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Back to top button