भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजी निर्णय बदरको माग गर्दै देवी ज्ञवालीको रिट

काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

सरकारले आयोग खारेज गर्ने निर्णय संविधानले व्यवस्था गरेको नागरिकको मौलिक हकविरुद्ध रहेको भन्दै ज्ञवालीले उत्प्रेषणको आदेशबाट निर्णय बदर गर्न माग गर्दै आइतबार रिट दायर गर्नुभएको हो ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले ज्ञवालीकोसहित आज तीन वटा रिट दायर भएको जानकारी दिनुभएको छ । आयोग खारेजीविरुद्ध शुक्रबार दुई वटा रिट दायर भएका थिए।

आयोग खारेजसम्बन्धि पाँच वटा रिट एउटै ठाउमा राखेर सुनुवाइ गर्न भोलि पेशी तोकिएको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

Back to top button