गठबन्धन सरकारको साझा कार्यक्रम सार्वजनिक (साझा कार्यक्रमको पूर्ण पाठ)

काठमाडौं । गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । आज सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरेर संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेताहरू उपस्थित कार्यक्रममा कार्यदल संयोजक पूर्णबहादुर खड्काले साझा कार्यक्रमको पूर्णपाठ वाचन गर्नुभएको थियो ।

न्यूनतम साझा कार्यक्रमबाट केही विवादित विषय हटाइएको छ भने केही थप गरिएको छ । स्थानीय तहलाई प्रदेश मातहत लैजाने बिषयलाई संशोधन गर्दै प्रदेश र स्थानीय तहलाई संविधानबमोजिम अधिकार सम्पन्न बनाउन आवश्यक कार्य गर्ने भन्ने उल्लेख गरिएको छ ।

त्यस्तै ‘समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्ने’ मात्रै उल्लेख गरिएकोमा परिर्माजन गरी ‘‘लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका छिमेकी मुलुकसँग समाधान हुन बाँकी समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्ने,’ भन्ने उल्लेख गरिएको छ ।

हेरौं साझा कार्यक्रमको पूर्ण पाठ

Back to top button