संविधानको आत्मा मार्ने गरी प्रतिगमनको नयाँ भेरियेन्ट आउन सक्छ : बाबुराम भट्टराई

विराटनगर । सत्तारुढ गठबन्धनका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना झै संविधानको आत्मा मार्ने गरी प्रतिगमनको नयाँ भेरियेन्ट आउन सक्नेतर्फ सचेत गराउनुभएको छ ।

भट्टराईले ट्विट गर्दै ढुक्क भएर आ–पार्टी वा गुटतर्फ फर्केतिर फर्किए दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरियेन्ट आउन सक्ने बताउनुभएको हो ।

‘पहिलो असंवैधानिक भेरियेन्ट पराजित भए पनि दास्रो असंवैधानिक वा अर्ली इलेक्सन भेरियेन्ट आउन सक्छ,’ उहाँले भने, ‘पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोश्रो चाँहि संविधानको आत्मा मार्नेगरी आउनसक्छ । अतः ढुक्क भएर आआफ्ना पार्टी वा गुटतिर नफर्कौं ।’

Back to top button