प्रधानमन्त्री देउवालाई लक्षित गरी पौडेल भन्छन् : सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको वर्तमान नेतृत्वको चरम असफलता र लापर्बाहीले कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्न निरीह अवस्थामा पुर्‍याएको बताउनुभएको छ ।

पौडेलले सामाजिक सञ्जालमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई लक्षित गरी सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्ने गरेको लेख्नुभएको हो ।

उहाँले पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको, असाधारण परिस्थिति भनेर एक वर्ष म्याद थपियो र देशको संविधानलाई समातेर छ महिना बढाउँदै समयमा महाधिवेशन नगरी भिख माग्ने अवस्थामा पुर्‍याएको बताउनुभएको छ ।

Back to top button