महिलालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ

विराटनगर । एक जना जेष्ठ नागरिक महिलालााई अभद्र ब्यवहार गरेको आरोपमा मोरङ रंगेली २ का एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

एक ६२ वर्षीया महिलालाई अभद्र व्यवहार गरेको आरोपमा रंगेली २ भण्डारी टोलका २२ वर्षीय शुरा रिषिदेवलाई प्रहरीले पक्राउ गरेको हो ।

महिलालाई रिषिदेवले अभद्र व्यवहार गरेको सुचना प्राप्त भएपछि प्रहरी चौकी बवियाबिर्ताबाले रिषिदेवलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको मोरङ प्रहरीले जानकारी दिएको छ।

Back to top button