घर बनाउने क्रममा पर्खाल सहित लडेर एक जनाको मृत्यु, एक जना घाईते

इटहरी । सुनसरी कोशी गाँऊपालिका ५ मा घर बनाउने क्रममा पर्खाल सहित लडेर एक जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन ।

कोशी ५ स्थित कुम्याई का मलसुहुदिन मियाको बन्दै गरेको नया घरको दोस्रो तल्लाको  सिढीको पर्खाल लगाउने क्रममा पर्खाल नै सहित लड्दा ईनरुवा १० का  ३७ बर्षीय ईशादिल अंसारीको घटनास्थलमै मृत्यु भएको हो ।

आज दिउसो भएको सो घटनामा देवानगंज गाँऊपालिका ३ का २४ बर्षीय मो. सतार अंसारी घाइते भएका छन । घाइते अंसारीको जिल्ला अस्पताल ईनरुवा सुनसरीमा उपचार भईरहेको छ ।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button