गाँजासहित सिटी सफारी चालक पक्राउ

विराटनगर । सुन्दरहरैचा नगरपालिका ७ बाट गाँजासहित एक जना सिटी सफारी चालकलाई पक्राउ गरिएको छ । धनकुटाको सहिदभूमी गाउँपालिका ५ घर भई हाल सुन्दरहरैचा नगरपालिका ५ मा डेरा गरी बस्ने २४ वर्षीय ईमान राईलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दक्षिणतर्फ जाँदै गरेको को १ ह ७९८५ नम्बरको सिटी सफारी चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको जिल्ला प्रहरी मोरङले जनाएको छ । सिटी सफारी चालक राईलाई नियन्त्रणमा लिएपछि अनुसन्धान गर्ने क्रममा उहाँको कोठाबाट ७ किलो ९८४ ग्राम गाँजा बरामद प्रहरीले जनायो ।

Back to top button