रेल्वेका महाप्रबन्धक घिमिरेले सरकारी स्पष्टीकरणको राजनीतिक समाधान खोज्ने

काठमाडौं । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले सरकारले राजनीतिक विषयमा सोधेको स्पष्टीकरणको समाधान राजनीतिक रुपमा खोजने घोषणा गर्नुभएको छ । उहाँले सरकारलाई स्पष्टीकरण नदिने बताउनुभएको हो ।

मन्त्रिपरिषदको साउन १९ गतेको निर्णय अनुसार भट्टराईलाई आचरण विपरीतको कार्य गरेको भन्दै स्पष्टीकरण सोधिएको छ । कार्य क्षमतामा भए गरेको कमिकमजोरीको विषयमा नभई राजनीतिक विषयमा स्पष्टीकरण सोधिएकोले शून्यबाट सञ्चालन हुने अवस्थामा पुगेको रेलको सञ्चालन प्रभावित हुने उहाँको भनाई थियो ।

Back to top button