महन्थ ठाकुरसहित १६ जनालाई जसपाको कार्यकारिणी सदस्यबाट हटाइयो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले महन्थ ठाकुरलाई अध्यक्षबाट र अन्य १५ जनालाई कार्यकारिणी समितिबाट हटाउने निर्णय गरेको छ । उक्त निर्णय अद्यावधिकका लागि निर्वाचन आयोगमा जसपाले पठाएको हो ।

पार्टीको आधिकारिकता विवादमा जसपा अध्यक्ष उपेन्द्र यादव पक्षमा रहेका ३४ जना र तटस्थ बसेका रेशम चौधरी मात्रै अब पार्टीको केन्द्रीय कार्यकारिणी समितिको सदस्य रहने छ । ठाकुरसहित कार्यकारणी समितिबाट हटाइएकाहरुलाई पार्टीको साधारण सदस्यताबाट भने हटाउने निर्णय गरिएको छैन । यसले ठाकुर पक्षका सांसदहरुको पद कायमै रहने भएको छ ।

जसपाले भदौ १ र २ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

Back to top button