चेकिङमा खटिएका इन्स्पेक्टरको मोटरसाइकलको ठक्करबाट मृत्यु

काठमाडौं । ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्चार्ज प्रहरी निरिक्षक कपिल वाग्लेको मृत्यु भएको छ । गएराती चेकिङ्ग डियुटीमा खटिरहनुभएका वाग्लेको लु १४ प ७५ नम्बरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते हुनुभएका वाग्लेलाई तत्काल चिसापानी सामुदायिक अस्पतालमा उपचार गराइए भैरहवा मेडिकल कलेजमा रिफर गरिएको थियो ।

उहाँको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जानकारी दिएको छ ।

दुर्घटनापछि मोटरसाइकल चालक सुनवल नगरपालिका घर भएका १८ वर्षीय दिपेन्द्र पुनलाई पक्राउ गरिएको नवलपरासी पश्चिम प्रहरीले जानकारी दिएको छ ।

Back to top button