ब्राउन सुगर र लागुऔंषध सहित ६ जना पक्राउ

विराटनगर । सुनसरी ईनरुवा ४ स्थित बसपार्कबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ ।

ब्राउन सुगर लिएृर कारमा सवार भएका सप्तरी हनुमाननगर कंकालिनी १४ का २० बर्षीय अमोद कुमार यादव, सप्तरी तिलाठी कोलारी ४ का २० बर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर मलहनिया १४ का २४ बर्षीय बिनोद कुमार कामत, सप्तरी तिलाठी कोलारी ४ का १९ बर्षीय रमेश मुखियालाई पक्राउ गरेको हो ।

प्रहरीले कार र कार चालक तिलाठी कोलारी ४ का २२ बर्षीय फुल कुमार मुखियालाई पनि नियन्त्रणमा लिएको छ ।

लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यलाय सुनसरीबाट गएको प्रहरी टोलीले पश्चिमबाट आउदै गरेको बा १४ च ६१४५ नम्बरको कारमा सवार उनिहरुलाई पक्राउ गरेको जनाएको छ ।

चेकजाचका क्रममा अमोद कुमार यादवको साथबाट लागूऔषध ब्राउन सुगर १३० ग्राम फेला परेको हो । प्रहरीले कार सहित पाच जना माथि अनुसन्धान शुरु गरेको जनाएको छ ।

यसैगरी मोरङको लेटाङ ९ स्थित बुढौली चौकबाट लागु औषध सहित लेटाङ ८ का २४ बर्षीय पदम बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिबन्धित औषधी २०० ट्याब्लेट र स्पासपेन १७० ट्याब्लेट सहित पक्राउ गरि अनुसनधान शुरु गरीएको प्रहरीले जनाएको छ ।

Back to top button