उदयपुरमा बालिकाको शव फेला , बलात्कारपछि हत्या भएको आशंका

विराटनगर । उदयपुर त्रियुगा नगरपालिका ६ की १६ वर्षीया क्रिष्टिला चौधरीको शव फेला परेको छ । आठ दिन अघि घरबाट बेपत्ता भएकी उनको हत्या भएको अबस्थामा शव फेला परेको हो । घरनजिकै मोहनपुर जंगलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उदयपुरका प्रहरी प्रमुख शुभाषचन्द्र बोहोराले चौधरीको शव सडेको अवस्थामा  फेला परेको बताउनुभयो । उहाका अनुसार बालिकाको बलत्कार पछि हत्या भएको हुन सक्ने भन्दै अनुसन्धान शुरु गरिएको छ । घटनामा सम्लग्न रहेको आरोपमा तीन जनलाई पक्राउ गरी  अनुसन्धान थालेको छ ।

बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाइघाटमा लगिए पनि सडेको अबस्थामा रहेकोले विस्तृत रिपोर्ट नआउने भएपछि पुनः धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएर पोष्टमार्टम गरिएको थियो ।पोष्टमार्टम पछि वालिकाको दाहसस्कार गरिएको छ ।

Back to top button