बन्दुकसहित वडाध्यक्ष चौधरी पक्राउ

धनगढी । कैलालीका एक वडाध्यक्षलाई हतियार सहित प्रहरीले पक्राउ गरेको छ । कैलारी गाउँपालिका–९ का वडाध्यक्ष खेमराज चौधरीलाई अबैध हतियारसहित पक्राउ गरीएको हो ।

इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले बा १७ च १३१२ नम्बरको जिपलाई चेकजाँच गर्ने क्रममा जिपभित्र लुकाई राखिएको अवस्थामा बाह्रबोर १, त्यसको कार्टिज १ र पोइन्ट टु–टु १ थान, त्यसको गोली १० राउण्ड फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले वडाध्यक्ष चौधरी सहित धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहितकुमार शाहलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

गौरीगङ्गा नगरपालिका–९, शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताउनुभयो ।

चौधरी र शाह दुवैलाई पक्राउ गरी हातहतियार खरखजाना  मुद्दा दर्ता गरी थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ ।

 

Back to top button