प्रधानमन्त्री ज्यू ! पछि लगाइहाल्नुभयो, मेरा केहि मान्छेलाई मन्त्री बनाइदिनोस : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्ना केहि मान्छेलाई मन्त्री बनाइदिन आग्रह गर्नुभएको छ ।

आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले एमाले नेतृत्वको सरकार ढालेर वर्तमान सरकार बनाउन भूमिका निर्वाह गर्ने एमालेका नेताहरुप्रति लक्षित गर्दै भन्नुभयो,‘पछि लाग्ने त बनाईहालनुभयो, अब मन्त्री बनाइदिनोस् ।’

उहाँले एमालेका केहि नेताहरु पदको लालचाकै कारण कांग्रेसको पछाडी लागेको कटाक्ष गर्दै भन्नुभयो,‘मन्त्री पाउने आशामा धाइरहेका छन्, मन्त्री बनाईदिनोस, बरु एमालेलाई केहि घाटा लागे लागोस ।’

Back to top button