भजन गर्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

जनकपुर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ३ मा भजन गर्ने क्रममा माइकमा करेन्ट प्रवाह भएरस करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय बिन्दा दास र मनिराम यादवको मृत्यु भएको हो ।

स्थानीय बुलन यादवको घरमा आयोजित भजन कार्यक्रममा भजन गाउने क्रममा माइकमा अचानक करेन्ट प्रवाह हुँदा दुबै जननाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी धनुषाले जनाएको छ ।

Back to top button