जिल्ला सभापतिहरुलाई पार्टीको नेतृत्व गर्ने नेताको वस्तुनिष्ठ मूल्यांकन गर्न शेखर कोइरालाको आग्रह

काठमाडौं । संस्थापन इत्तर जिल्ला सभापतिहरुको भेलामा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आउँदो १४४ औं महाधिवेशनमा नेतृत्वका लागि दावी गर्ने नेताहरुको उम्मेदवार बन्न उचाल्नुभन्दा राम्रो वस्तुनिष्ठ मूल्यांकन गर्न आग्रह गर्नुभएको छ ।

‘‘महाधिवेशनमा संस्थापन इत्तर समूहबाट साझा उम्मेदवार हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘सभापतिका लागि को बलियो उम्मेदवार हुन्छ नेताहरुलाई सुझाव दिनुहोस्, जो नेता भेटयो उसैलाई राम्रो भन्ने र उठ्नुस् भनेर नभन्न आग्रह छ ।’

संविधानले तोकेको भाकामाा पार्टीको महाधिवेशन समेत गराउन नसक्ने नेतृत्वलाई सबै मिलेर विदाइ गर्नुको विकल्प नभएको उहाँको भनाई थियो ।

Back to top button