विद्युत प्राधिकरणमा कुलमानको पुनरागमन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनरागमन भएको छ । मन्त्रिपरिषदले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई खाईपाई आएको सेवा सुबिधामा कटौति नहुने गरी जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । शाक्यले पनि आफूलाई अन्याय नहुने गरी सरकारले निर्णय गरिदिए कार्यकारी निर्देशक पद छोड्ने अभिव्यक्ति दिनुभएको थियो ।

उर्जा तथा जलस्रोत मन्त्रालयले घिसिङलाई नियुक्ति गरिएको बारे जानकारी गराइसकेको तर उहाँले अहिले पदभार भने सम्हालिसक्नु भएको छैन ।

Back to top button