सभापति देउवाले कांग्रेसलाई असंवैधानिक बनाउन खोज्दै : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीलाई असंवैधानिक बनाउन खोजेको आरोप लगाउनुभयो ।

पञ्चायतकालमा प्रतिबन्धित नेपाली कांग्रेस हुँदा प्रनेका भन्ने गरेको स्मरण गर्दै पौडेलले भन्नुभयो, ‘अहिले देउवा जीले पार्टीलाई असंवैधानिक नेपाली कांग्रेस अर्थात् अनेका बनाउन खोज्दै छ ।’

त्यसैले कुनैपनि हालतमा पार्टीको महाधिवेशन सार्न नमिल्ने संवैधानिक मर्यादाभित्रै महाधिवेशन गराउनुपर्ने उहाँको भनाई थियो ।

Back to top button