विधि विपरीतका सदस्यता खारेज नगरे महाधिवेशन हुन्न : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले क्रियाशील सदस्यताको विषयमा विधान विपरीत आएको सदस्यताको टुङगो नलागेसम्म महाधिवेशन हुन नसक्ने बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमा नेता कोइरालाले तल्लो तहबाट विधान र प्रक्रियागत र्ढगले आएका, छानविन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधि विपरीत थपिएका सदस्यता खारेज हुनुपर्ने बताउनुभएको छ ।

कोइरालाले लेख्नुभएको छ, ‘पार्टी समायोजनका नाममा प्रकृया नपुर्याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्न ।’

 

 

Back to top button