दीपक–दीपाको ‘छक्कापञ्जा’ मल्टिप्लेक्स, नयाँ बर्षबाट संचालनमा आउने

काठमाडौं । हाँस्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले ठुलो लगानीमा फिल्म हल निर्माण शुरु गरेका छन ।

राजधानीको शंखमुलमा मल्टिप्लेक्स फिल्म हल निर्माण सुरु गरीएको हो । ‘छक्कापञ्जा’ मल्टिप्लेक्स नाम राखिएको हल नयाँ बर्षको अबसर पारेर आगामी बैशाख १ गतेदेखि संचालनमा ल्याउने योजना रहेको छ ।

कोरोनाले फिल्म क्षेत्र सुस्त बनाएपनि केही नयाँ आशा सहित फिल्म हल निर्माण शुरु गरीएको निर्माण समुहले बताएको छ ।

दश करोड लागतमा निर्माण हुने बताइएको हलमा दीपकसहितका फिल्म निर्माताहरुको लगानी छ । भाइरस महामारीको कारण जारी निषेधाज्ञा बीचमा पनि अहिले हल निर्माण धमाधम भैरहेको छ ।

‘कलाकार गिरीले दुई अडिटोरियम हुने उक्त हलमा थ्रीडी र एट्मस ध्वनीसहितको अत्याधुनिक प्रविधि जडान हुने बताउनुभयो ।

भाइरस महामारीले योजनामा ढिलाइ भएको भएपनि निषेधाज्ञा सुरु भएसँगै भने निर्माणले तीव्रता लिएको हो ।

Back to top button