न्यूयोर्कले पहिलो महिला गभर्नरमा क्याथी होचल

काठमाडौं । न्यूयोर्कले पहिलो महिला गभर्नर पाउने भएको छ । यौन दुव्र्यहारका घटना सार्वजनिक भएपछि गभर्नरको पदबाट एन्ड्रिउ कुमोले राजीनामा दिएपछि क्याथी होचल गभर्नर हुन लाग्नुभएको हो ।

न्युयोर्कको २३३ वर्षको इतिहासमा पहिलो महिला गभर्नर पाउन लागेको छ । डेमोक्र्याट पार्टीको तर्फबाट २०१५ देखि उप–गभर्नर रहनुभएकी होचलले कुमोको कार्यकालका बाँकी दुई वर्ष सम्हाल्नु हुने छ । यो डिसेम्बर २०२२ मा सकिने छ ।

कुमो र होचलले सन् २०१४ र २०१८ मा चुनाव जित्नुभएको हो । सन् १९५८ मा पश्चिम न्यूयोर्कको बेफेलोमा होचलले जन्म भएको थियो । होचलले आफूलाई स्वतन्त्र डेमोक्र्याटको रुपमा चिनाउदै आउनुभएको छ ।

Back to top button