प्रवेश पत्र देखाएर विद्यार्थीले कोरोना खोप लगाउन पाउने

काठमाडौं । विद्यार्थीहरुले अव प्रबेश पत्र देखाएर कोरोना विरुद्धको खोप लगाउन पाउने भएका छन ।

सरकारले विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप दिने निर्णय गरेको हो । विद्यार्थी संगठनले विद्यार्थीलाई अनिवार्य खोप चाहिने भन्दै आन्दोलन गरेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डाक्टर झलक गौतमले अहिले परीक्षा दिइरहेका परीक्षार्थीहरूलाई कोरोनाविरूद्ध खोप दिन लागिएको जानकारी दिनुभयो ।

उहाँले जिल्ला स्वास्थ्य कार्यालयले निर्णय गरेपछि कहिलेदेखि खोप लगाउने भन्ने टुंगो लाग्ने बताउनुभयो । चीनबाट थप खोप आएपछि परिक्षार्थीलाई खोप दिइने भएको छ ।

काठमाडौमा प्रहरी अस्पताल पानीपोखरी, सैनिक अस्पताल छाउनी, शशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी सत्संग केन्द्र बसुन्धाराबाट खोप लगाउने व्यवस्था मिलाइएको शाखाले जनाएको छ ।

कोरोना संक्रमण वृद्धि भइरहेका बेला विद्यार्थीलाई भौतिक रूपमै परीक्षा केन्द्रमा उपस्थित गराएर परीक्षा लिइरहेको भन्दै मंगलवार काठमाडौंको पद्मकन्या क्याम्पसमा स्नातक तहका विद्यार्थीले प्रदर्शन गरेका थिए ।

Back to top button